काठमाडौं । सरकारले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइदिएपछि राजावादीहरूकाे भाेलिकाे आन्दाेलन प्रभावित बन्ने भएकाे छ । निषेधाज्ञा ताेड्ने नीति अहिले नरहेकाे नेताहरूले बताएका छन् ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले भाेलिकाे आन्दाेलन स्थगित नहुने बताए । दरवारमार्ग नजिक प्रहरीले जहाँ राेक्छ, त्यहीँ प्रदर्शन गर्ने उनकाे भनाइ छ ।
आफूहरूले भद्र एवम् शान्तिपूर्ण आन्दोलन गरिरहँदा सरकारले मुठभेड निम्त्याउन खाेजेकाे बर्ताैलाले आराेप लगाए ।
उनले भने, `हामीले आन्दोलन गर्ने भनेकै ठाउँमा सरकारले निषेधाज्ञा लगाउनुमा उसकाे गलत नियत देखियाे । सरकारकाे याे सर्वसत्तावादी व्यवाहारकाे हामी भर्त्सना गर्छाैं । हाम्राे शान्तिपूर्ण आन्दाेलन जारी रहन्छ ।´
सरकारले अनावश्यक दमन गर्न खाेजे अप्रिय स्थिति आउनसक्ने चेतावनी उनले दिएका छन् ।

Leave a Reply