काठमाडौं । प्रेस चौतारी नेपालले संगठनका संस्थापक अध्यक्ष एवम् साहित्यकार विजय चालिसेको निधनमा दुःख व्यक्त गरेको छ ।
महासचिव हिरामान लामाले एक शोक वक्तव्य जारी गर्दै चालिसेको निधनले संगठनलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
चालिसेको योगदान तथा संगठनको विकासमा पुुर्याएको नेतृत्वदायी भूमिका सधैँ स्मरणीय रहने पनि चौतारीले जनाएको छ ।
वि.सं. २००८ साल असार २२ गते जन्मेका चालिसेको ७४ वर्षको उमेरमा आज विहान निधन भएको हो ।


Leave a Reply