प्राइम सेरामिक्सलाई नेपाल विद्युत प्राधिकरणबाट अति महत्वपूर्ण उपभोक्ताको सम्मान

रौतहट । नेपाल प्राइम सेरामिक्स प्रा. लि.ले हालै नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरद्वारा प्रदान गरिएको “अत्यन्त महत्वपूर्ण उपभोक्ता (Very Important Consumer)” को रूपमा सम्मान प्राप्त गरेको छ।

वि.सं. २०७९ मा प्राइम सेरामिक्सले उच्च विद्युत खपतसहित नियमित रूपमा महसुल भुक्तानी गर्दै आउनुका साथै उद्योग क्षेत्रको बृहत् योगदानका आधारमा प्रदेशका उत्कृष्ट १० उपभोक्ताहरूमा पर्न सफल भएको हो। यस उपलब्धिको कदर स्वरूप नेपाल विद्युत प्राधिकरणले सम्मान–पत्र प्रदान गरेको छ।

उक्त सम्मान-पत्र प्राइम सेरामिक्सको उत्पादन क्षमताको प्रमाण मात्र नभई, उद्योगले राष्ट्रिय विकास र आत्मनिर्भर नेपाल निर्माणमा पुर्‍याएको योगदानको पनि प्रमाण हो। देशकै एक मात्र भित्ते तथा फ्लोर टायल्स निर्माण गर्ने उद्योगको रूपमा प्राइम सेरामिक्सले ‘Made in Nepal’ अभियानलाई सशक्त बनाउँदै आएको छ।

सम्मान ग्रहण गर्दै प्राइम सेरामिक्सका उपाध्यक्ष शेखर मॊडुलाले भने, “यस सम्मानले हामीलाई अझ प्रेरित बनाएको छ। हामी सधैं गुणस्तरीय उत्पादन, समयमै सेवा र राष्ट्रनिर्माणप्रतिको प्रतिवद्धतामा अडिग छौं।”

प्राइम सेरामिक्सले आगामी दिनहरूमा पनि दिगो विकास, स्वदेशी उत्पादन र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकता दिँदै अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *