पार्टी नेतालाई स्वास्थ्यमन्त्रीले भने- तपाईँहरूले जनतामा गएर प्रचार गर्न सक्नेगरी काम गर्दैछु

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफू सरकारमा बसेर बाहिर रहेका कांग्रेसका नेताहरूले प्रचार गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘मलाई कांग्रेसले सरकारमा जुन जिम्मेवारी दिएर पठाएको छ, त्यो जिम्मेवारी प्रभावकारी ढङ्गले निर्वाह गर्नुपर्छ, मलाई थाहा छ म भन्दा धेरै योगदान गर्ने साथीहरू बाहिरै हुनुहुन्छ । बाहिर रहनुभएका साथीहरूलाई म सरकारभित्र बसेर जनताको बीचमा प्रचार गर्नेगरी उपलब्धिहरू मैले देखाउन सक्नुपर्छ । कांग्रेसबाट सरकारमा गएका मन्त्रीले गरेको काम जनतालाई भन्ने आधार मैले बनाउन सक्नुपर्छ ।’

उनले कांग्रेसलाई विधि र पद्धतिअनुसार नै अगाडि बढाउनुपर्ने बताए । पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

उनले क्रियाशील सदस्यता नवीकरण गर्न नचाहनेहरूलाई आत्मालोचनासहित सच्चिने प्रतिबद्धता गर्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *