भिजिट भिसा प्रकरणमा सिंगै मुलुक जसरी तरङ्गित भएको छ, त्यसरी नै यो प्रकरणमा कहीँकतै नजोडिएका एक पात्रले नेपाली कांग्रेस र मुलुकको राजनीतिमा तरङ्ग ल्याएका छन् । उनी हुन्- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कांग्रेसका संस्थापक बीपी कोइराला पुत्र डा. शशांक कोइराला । गत सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि डा. कोइरालाले सञ्चारकर्मीसँग बोलेको विषयले सिंगै कांग्रेसमात्र होइन, मुलुकमा एक प्रकारको तरङ्ग उत्पन्न भयो ।
उनले पार्टीका नेताविरुद्ध लाग्ने नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टी सभापतिलाई आग्रह गरिएको बताए, तर उनले भन्न खोजेको विषयको मर्म सञ्चारकर्मीले बुझ्न नसक्दाको परिणाम पनि हो । उनले सञ्चारकर्मीसँग भनेका थिए- ‘हामीले के भनेका छौँ भने सभापतिलाई बोलाएर सोध्न भनेका हौँ । गृहमन्त्रीको राजीनामा माग्ने पार्टीका नेताहरूलाई बोलाएर सोध्न पार्टी सभापतिलाई भनेका हौँ । एकापसमा मुठभेड गरेर कांग्रेसलाई फाइदा हुँदैन ।’
उनले भन्न खोजेको कुरा पार्टीभित्रको आन्तरिक अनुशासनको विषय हो । कुनै पनि पार्टीमा अनुशासन हुनैपर्छ । पार्टीका नेताहरूले जथाभावी पार्टीलाई नै हानि हुने गरी बोल्न मिल्दैन । जहाँसम्म भिजिट भिसाको विषयमा गृहमन्त्री रमेश लेखकलाई जोडेर हतारमा पार्टीभित्रैका नेताहरूबाट राजीनामाको विषय सार्वजानिक मञ्चबाट उठाउनु गलत हो । त्यो अराजकता पनि हो । पार्टीका नेताहरूले यस्ता विषयमा पार्टीका आन्तरिक फोरममा भन्ने हो । केन्द्रीय समितिमा भन्ने होला, सभापतिलाई भेटेर भन्ने होला वा कांग्रेसको शीर्ष नेताहरूले गृहमन्त्रीलाई बोलाएर राजीनामा गर्न सुझाव दिनु उत्तम र शोभनीय मानिन्थ्यो, तर आफ्नै पार्टीको साथीलाई दोषी करार गर्ने ढंगले तत्काल राजीनामा माग्ने काम अराजकता हो । डा. शशांकले उठाउन खोजेको विषय पनि यही हो ।
डा. शशांकको भनाइले यति तरङ्ग ल्याउनुको पछाडि गृहमन्त्रीका विषयमा सार्वजनिक मञ्चबाट राजीनामाको विषय उठाउनेमा पार्टीका नेता डा. शेखर कोइराला पनि थिए । डा. शेखर र डा. शशांक दाजुभाइ हुन् ।
तर यो विषयमा डा. शशांकले भन्न खोजेको मर्मभन्दा पनि पारिवारिक सम्बन्धलाई जोडेर बढी चर्चा गरियो । डा. शशांकको भनाइले यति तरङ्ग ल्याउनुको पछाडि गृहमन्त्रीका विषयमा सार्वजनिक मञ्चबाट राजीनामाको विषय उठाउनेमा पार्टीका नेता डा. शेखर कोइराला पनि थिए । डा. शेखर र डा. शशांक दाजुभाइ हुन् । सञ्चारमाध्यमहरूले दाजुभाइबीचको सम्बन्धलाई जोडेर अलि बढी तरङ्गित बनाए ।
डा. शेखरले सार्वजनिक मञ्चमा गृहमन्त्रीको राजीनामा मागेको विषयमा पार्टीका अरु नेताहरूले पनि आलोचना गरेका छन् । विपक्षी दलले समेत प्रस्ट आधार दिएर राजीनामा माग्न नसकेको अवस्थामा अनावश्यक बोलेको भनेर शेखरको आलोचना भइरहेको छ, तर डा. शशांकले पार्टीभित्रको विषयलाई सस्तो लोकप्रियताका नाममा जथाभावी बोल्दै हिँड्न रोक लगाउनुपर्छ भनेका पक्कै हुन्, तर बाकपटुता नभए पनि इमानदार शशांकले अहिले बाहिर हल्ला गरिए झैं कुनै दाउपेचका लागि पार्टीको अराजकता रोक्नुपर्छ भनेर भनेका भने अवश्य होइनन् ।
शशांक धेरै कम बोल्छन्, तर मौकामा उनी जे बोल्छन्, त्यस विषय र त्यसको सत्यतामा सदैव अडिग रहने उनको स्वभाव छ । एक ढंगले भन्नुपर्दा उनी आइडोलोजिकल पोलिटिक्समा अभ्यस्त छन् । अहिले पनि उनले त्यही गरे । पार्टीको नेतृत्वमा पुग्न खोज्ने अझै सभापतिको उम्मेदवार बनिसकेका डा. शेखरको पार्टीसँग जोडिएका विषयमा सार्वजनिक रूपमा गरिने टिप्पणीलाई सस्तो लोकप्रियताका लागि भनेर धेरैले भनेका छन् ।
नेपालका अधिकांश राजनीतिक नेताहरू पछिल्लो समय सस्तो लोकप्रियताका लागि प्रस्तुत हुने गरेका छन् । यस्तो अवस्थामा सम्बद्ध दलले छाडा छोड्दा हुन्छ भन्दिनुपर्ने कि दलको नेतृत्व गौण बनेर बस्नुपर्ने हो ?
नेपालका अधिकांश राजनीतिक नेताहरू पछिल्लो समय सस्तो लोकप्रियताका लागि प्रस्तुत हुने गरेका छन् । यस्तो अवस्थामा सम्बद्ध दलले छाडा छोड्दा हुन्छ भन्दिनुपर्ने कि दलको नेतृत्व गौण बनेर बस्नुपर्ने हो ? नेताले सस्तो लोकप्रियताका लागि व्यक्त गर्ने विचारलाई जुनसुकै व्यवहार नेतृत्वले टुलुटुलु हेरेरै बस्दिनुपर्ने ? यस्तै प्रश्नहरू डा. शशांकको मनमस्तिष्कमा खेल्ने गरेको छ । उनले यो पहिलो पटक भनेका होइनन्, पार्टीमा अराजकता रोक्न पर्छ, पार्टीमा गुटको अन्त्य गर्न पर्छ भनेर । सधैँ गुटको राजनीतिले कांग्रेसलाई समाप्त गर्ने विचार शशांकले दिँदै आएका छन् ।
यी सबै विषयलाई अहिले दाजुभाइको सम्बन्ध र कांग्रेसको १५औं महाधिवेशनलाई जोडेर चर्चा गरिएको छ, तर यो होइन । हुनुपर्ने त डा. शशांकको विचार र शैलीको कस्तो भनेर बढी महत्व पाउनुपर्दथ्यो । त्यत्तिकै महत्व डा. शेखरको विचार र शैलीले पनि पाउन जरुरी थियो । डा. शशांक पार्टीमा गुटबन्दीको अन्त्य हुनुपर्ने, पार्टीमा अराजकता बढ्न नहुनेमा स्पष्ट छन् । उनी आफ्नो विचारमा निरन्तर अडिग छन् । चाहे त्यो धार्मिक स्वतन्त्रताको विषय होस् कि निर्वाचन खर्च ! यी विषयमा डा. शशांक अडिग छन् । यस्तै उनी पार्टीको आन्तरिक अनुशासनको विषयमा पनि आफ्नो विचारमा अडिग देखिन्छन् ।
शशांकले धर्म निरपेक्षता होइन धार्मिक स्वतन्त्रताको वकालत गर्दै आएका छन्, तर यही विषयमा पनि उनलाई विवादमा तान्ने कोसिस गरिएको थियो । उनलाई हिन्दू राज्यको पक्षमा वकालत गरेको भनेर आलोचना पनि गरियो । पछि उनले राज्यको धर्म नहुने भन्दै न त्यो सापेक्ष हुन्छ न त निरपेक्ष भनेर व्याख्या गरेका थिए । त्यस्तै निर्वाचन खर्चका बारेमा पनि शशांकको स्पष्ट धारणा थियो । निर्वाचन आयोगले तोकेको सिलिङले सांसदका उम्मेदवारको खर्च धान्दैन भन्ने ।
निर्वाचन आयोगले तोकेको सिलिङले सांसदका उम्मेदवारको खर्च धान्दैन भन्दा शशांकले कहाँबाट ल्याएर त्यत्रो खर्च गर्यो भनेर प्रश्न उठाए, तर उनले जे जे भने ती व्यावहारिक विषय थिए ।
डा. शशांकका यी विचारलाई बरु अन्य नेताहरूले अहिले सहमति जनाउन थालेका छन् । अहिले कांग्रेसका दिग्गज नेताहरूले धार्मिक स्वतन्त्रताको वकालत गर्न थालिसकेका छन्, तर शशांक धर्म निरपेक्षता घोषणाको बेलादेखि नै धार्मिक स्वतन्त्रताको पक्षमा थिए । उनमा वाकपटुता नभएका कारण कतिपयले उनले भन्दै आएको धार्मिक स्वतन्त्रताको विषयलाई हिन्दू राज्यसँग पनि जोडे । संसदको रोष्ट्रममा उभिएर भ्रष्टाचारको न्यूनीकरण गरौं भन्दा धेरैले थोरै भ्रष्टाचार गरेको रूपमा बुझे । निर्वाचन आयोगले तोकेको सिलिङले सांसदका उम्मेदवारको खर्च धान्दैन भन्दा शशांकले कहाँबाट ल्याएर त्यत्रो खर्च गर्यो भनेर प्रश्न उठाए, तर उनले जे जे भने ती व्यावहारिक विषय थिए ।
अहिले पनि शशांकले जुन कुरा बोलेका छन्, त्यसमा अडिग छन् । अझ पार्टीका नेता कम्तीमा केन्द्रीय समितिमा भएका र सांसद भएकाहरूले के बोल्ने के नबोल्ने भन्ने आचारसंहिता नै बनाउन जरुरी छ । यो आचारसहिंता बनाउने विषयलाई डा. शशांकले पार्टीको केन्द्रीय समितिको बैठकमा लैजानुपर्छ भने । ल पार्टीभित्रको अराजकताको अन्त्य गर्न स्पष्टीकरण नै केही नेताहरूलाई सोधौं भन्ने प्रस्ताव पनि त डा. शशांकले पार्टीको बैठकमा राखे नि ! सार्वजानिक खपतका लागि पत्रकार सम्मेलन गर्दै हिँडेनन्, सामाजिक सञ्जालमा सर्मथकलाई उचालेर गाली गर्न लगाएनन् र भाषण पनि गरेनन् नि त !

Leave a Reply