अख्तियारमा डीआईजी हेरफेर, श्रेष्ठको ठाउँमा राना

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग ट‌ंगालमा कार्यरत प्रहरी नायब महानिरीक्षक(डीआईजी) हेरफेर भएको छ ।

अख्तियारमा  कार्यरत रहेका डीआईजी हिमालय कुमार श्रेष्ठको काठमाडौं उपत्यका अपराध कार्यलय रानीपोखरी सरुवा भएको छ ।

उनको ठाउँमा हालै एसएसपीबाट डीआइजीमा बढुवा भएका ओम बहादुर रानालाई पठाइएको छ ।

गृह मन्त्रालयले डीआईजीमा ११ जना एसएसपीहरु बढुवा गरेको थियो । उक्त बढुवा सूचीमा राना पनि परेको थिए । बढुवा भएका डीआईजीलाई अख्यियार पठाउने निर्णय गरेको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

रानीपाेखरीमा रहेका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा अख्तियारमा रहेका श्रेष्ठलाई सरुवा गरिएको हाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *