ओलीलाई ज्ञानेन्द्रले भने- तपाईँको काठमाडौं कब्जा हिजो देखियो, भाग्न हेलिकप्टर तयार गर्नू (भिडिओ)

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीलाई नवीन समझदारीमा नआए भाग्न हेलिकप्टर खोज्न चेतावनी दिएका छन्।

राजा फर्काउन हिजोदेखि थालेको अनिश्चितकालीन आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको काठमाडौं कब्जा हिजो नै देखिसकेको टिप्पणी गरे।

उनले भने, ‘तपाईँले हिजो काठमाडौं कब्जा गर्ने भन्नुभएको थियो, तपाईँको कब्जा त देखियो, ४ सय जना मान्छे जम्मा गर्न नसक्ने मान्छे देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैन। यो त हाम्रो सुरुआत हो, अन्तिम होइन, यो राष्ट्रवादीको आन्दोलन हो।’

उनले राष्ट्रिय झन्डाको आन्दोलन सफल हुने दाबी गर्दै भ्रष्टाचारीहरूको अन्त्य गर्ने बताए।

Comments

3 responses to “ओलीलाई ज्ञानेन्द्रले भने- तपाईँको काठमाडौं कब्जा हिजो देखियो, भाग्न हेलिकप्टर तयार गर्नू (भिडिओ)”

  1. Dhaka Ram Avatar
    Dhaka Ram

    ए राउटे २/४ हजार मान्छेले राजा ल्याउछन भन्ने भ्रम नपाल

  2. Mania Thompson Avatar
    Mania Thompson

    Keep it up👍️👌

  3. ksp pyl Avatar
    ksp pyl

    यो फेरि अर्को अराजक छ । यसका कुरामा स्थिरता छैन । कमल थापा र यो एकजमानामा राजा चाहिदैन भन्दै हिडेका थिए । अहिले कसले के खान दियो राजा आउ देश बचाउ भन्न थाले । यस्ता इमान जमान गुमाएका, सिद्वान्त, विचार केही नभएका भरौटेहरूको हातमा देश गयो भने के होला देशको हालत ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *