विपक्षीसँग सत्तापक्षको विश्वास- बजेट पारित गर्नुपनि संवैधानिक दायित्वभित्र पर्छ, सहयोग गर्नुहुन्छ (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले दलका मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।

बैठकमा बजेटमाथिको छलफल र आगामी क्यालेन्डर बनाउने विषयमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए। उनले आजको बैठकमा ससदनको अवरोध हटाउनबारे ठोस छलफल नभएको बताए।

उनले भने, ‘हिजो बजेट प्रस्तुत गर्नको लागि उहाँहरुले सहजीकरण गर्नुभयो। संवैधानिक दायित्व पूरा गर्ने कुरामा उहाँहरुले जिम्मेवारी बोध गर्नुभयो। प्रस्तुत गर्नुमात्रै होइन पारित गर्नुपर्ने संवैधानिक दायित्वभित्र पर्छ त्यो कुरा उहाँहरुले बोध गर्नुहुन्छ भन्ने विश्वास गरेका छौं।’

तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अगाडि बढाउन नदिने विपक्षीको अडान छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *