सदनको अवरोध हटाउन सभामुखले थाले छलफल

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारमा जारी बैठकमा दलका मुख्य सचेतक र प्रमुख सचेतक सहभागी छन् ।

बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरलगायत विषयमा छलफल चलिरहेको छ ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध जारी राख्ने बताएका छन् । यद्यपि, हिजो बजेट पेश गर्न भने अवरोध गरेनन् ।

यो बैठकलगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *