जनकपुरधाम । गणतन्त्र दिवसको अवसरमा रौतहटमा दीपप्रज्वलन गर्ने बेलामा नेकपा एमालेका नेता कुन्दन कुशवाहाले बन्दुक प्रदर्शन गरेका छन् ।
रौतहटको कटहरिया बजारमा बिहीबार साँझ एमालेले गणतन्त्र दिवसको अवसरमा दीपप्रज्वलन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा नेता कुशवाहाले बन्दुक बोकेर उपस्थित भएका थिए ।
एमालेका केन्द्रीय सदस्य तथा मधेसका पूर्व सांसद समेत रहेका कुशवाहा उक्त कार्यक्रममा बन्दुक बोकेको भिडिओ पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
नेता कुशवाहाले बन्दुक माथि तानेर हवाई फायर गर्न खोजेको भिडिओमा देखिन्छ । तर फायर नभएपछि अर्का एक जनालाई बन्दुक दिए । ती व्यक्ति बन्दुक लिएर भीडबाट बाहिर निस्केको देखिएको छ ।
नेता कुशवाहाले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेको/नरहेको खुलेको छैन । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक राईले नेता कुशवाहा बन्दुक बोकेर कार्यक्रममा पुगेको कुरा थाहा नभएको बताए ।
नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘बन्दुक बोकेर कार्यक्रममा पुगेको हो भने छानबिन हुन्छ । सिडिओ साहेबले कारबाही गर्नुहुन्छ ।’

Leave a Reply