काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेकाे बजेटमा केही नयाँ विषयहरु समावेश भएका छन् । संघीय संसदकाे संयुक्त सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेकाे १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा केही नयाँ पक्षहरु अटेका छन् ।
बजेटमा समेटिएकाे नयाँ संरचनामा शिक्षक अभावलाई मध्यनजर गर्दै सरकारले शिक्षक बैङ्कको स्थापना गर्ने रहेको छ । गणित, अग्रजी र विज्ञानका शिक्षकको अभाव भएको भन्दै शिक्षक बैंक स्थापना गर्ने भएको हो ।
त्यस्तै कर नीतिकाे दाेहाेराेपन पनि हटाइएकाे छ । अन्तर्राष्ट्रिय नाकाबाट सामान आयात गर्दा केन्द्र सरकारले कर उठाएपछि प्रदेश र स्थानीय तहले कर लिन नपाउने व्यवस्था गरेको छ । यसभन्दा अघि केन्द्र सरकारले कर उठाएपछि पनि प्रदेश वा स्थानीय तहले कर लरिरहेको भनेर व्यवसायीले विरोध गर्दै आएका थिए ।
महिलाको नाममा कम्पनी दर्ता गर्दा वा नवीकरण गर्दा शुल्क नलाग्ने भएको छ । यसभन्दा पहिले सरकारले पहिलाको नाममा उद्योग दर्ता गर्दा ठाउँ तोकेर र प्रतिशत तोकेर छुट दिँदै आएको थिए । भने, नयाँ बजेटले अब महिलाको नाममा कम्पनी दर्ता र नवीकरण निःशुल्क बनाएको छ ।
त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रुपमान्तरण गर्न सरकारले बजेट नै छुट्टाएको छ । यात्रुको चापलाई मध्ये नजर गरेर सरकारले विमानस्थललाई विस्तार गर्दै लैजाने भएको छ । यसका लागि सकारले ४ अर्ब १५ करोड बजेट छुटाएको छ ।
त्यस्तै बजेटमा अर्को नयाँ कुरामा स्नातक तह उर्तिण गरेका विद्यार्थीलाई स्वमयंमसेवक शिक्षकका रुपमा परिचालन गर्ने भएको छ । सरकारले २ चामलमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । दुई वर्ष भित्र चामलमा आत्मनिर्भर गराउन तराई र भित्री मधेसमा २२ जिल्लामा चैते धान खेतीलाई सरकारले प्रवर्द्धन गर्दै थप २२ लाख मेट्रिक टन धान उत्पादन गर्ने छ । चैते धान खेती ३३ करोड बजेट सरकाले छुटाएको छ ।
जोन र सुपर जोनमा व्यवसायकी खेती तथा पशुपालन गरे त्यही बराबर अनुदान दिने भएको छ । निजी, सामुदायिक, सहकारी र करारमा जोन र सुपर जोनमा व्यवसायकी कृषि खेती वा पशुपालन गरेमा सरकारले त्यही बराबरको अनुदान दिने भएको छ । सरकारले विद्युतीय भुक्तानी कारोबारको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । यसभन्दा अघि लाग्दै आएको भ्याट खारेज गरेको हो ।
त्यस्तै, एनआरएनलाई दोस्रो बजारमा कारोबार गर्न दिने भएको छ । यसभन्दा अघि वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ छुटाइने गरिएको थियो । अब भने सिधै दोस्रो बजारमा कारोबार गर्ने बाटो सरकारले खोलिदिएको छ ।
१० करोडसम्मको कारोबार गर्ने स्टार्टअप कम्पनीलाई आयकर नलाग्ने भएको छ । यो सुविधा ५ वर्षको लागि मात्रै हो । हेटौँडा काठमाडौं रोपवेको ठाउँमा पडवेको लागि सम्भाव्यता अध्ययने गर्ने भएको छ । यसभन्दा पहिले पनि कुरा उठे पनि सरकारले त्यो परियोजनालाई समावेश गर्न सकेको थिएन ।
सरकारले सुन चाँदीको गहना निर्यात गर्ने उद्योगलाई बन्डित वेयर हाउसको सुविधा दिने भएको छ । भने, विदेशमा सुन चाँदीको बस्तु निर्यात गर्न ५० प्रतिशत बराबर विदेशबाट सुन चाँदी ल्याउन दिने भएको हो ।
नयाँ बजेटले नेपालीलाई विदेशमा लगानी गर्ने बाटो खोलिदिएको छ । लामो समयदेखि व्यवसायीले विदेशमा लगानी गर्ने बाटो खोलिदिन सरकारसँग माग गरेका थिए । नयाँ बजेटले त्यो बाटो खोलिदिएको हो । नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा विक्री शाखा वा अर्धप्रशोधित सामान निर्यात गरी प्रशोधित कारखाना स्थापना गर्न सरकारले बाटो खोलिदिएको हो । भने, लगानी बोर्डमा एकल विन्दु सेवा केन्द्र खोलेर सेवालाई एकद्धवार प्रणालीमा लाने भएको छ ।

Leave a Reply