राजदूत नेपालले माल्टाका राष्ट्रपतिसमक्ष पेश गरे ओहोदाको प्रमाणापत्र

काठमाडौं । स्पेनका लागि आवासीय नेपाली राजदूत सनिल नेपालले माल्टाका राष्ट्रपतिसमक्ष त्यहाँको गैरआवासीय राजदूत पद तथा ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । म्याड्रिडमा रहेको नेपाली दूतावासका अनुसार राजदूत नेपालले राष्ट्रपति मिरिआम स्पितेरी देबोनोसमक्ष प्रमाणपत्र पेश गरेका हुन् ।

ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत नेपाल र राष्ट्रपति देबोनोबीच दुई पक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशको सम्बन्धबारेमा कुराकानी भएको र नेपाल सरकारले पठाएको सन्देश राजदूत नेपालले पेश गरेको दूतावासले जनाएको छ ।

नेपालका धेरै कामदार दक्षिणी युरोपको टापु देश माल्टा पुग्ने गरेका छन् । दुई देशको कूटनीतिक सम्बन्ध सन् १९८३ सेप्टेम्बर २५ मा स्थापना भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *