प्रधानमन्त्रीले सैनिक कब्जा भन्नुभएको थिएन, हेर्नुस् न यहाँ एमालेको कब्जाजस्तै छैन ?: सूर्य थापा (भिडियो)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले गणतन्त्रवादी सडकमा आएपछि राजावादीहरू सडकमा नदेखिने बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रम स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सूर्य उदाइसकेपछि आकाशमा ताराहरू नदेखिने तर्क गरे।

उनले राजतन्त्र उन्मुलन गरेर आफूहरू आएको भन्दै राजावादीहरूलाई कार्यक्रम गर्नको लागि गद्दी बनाएर नराख्ने बताए। उनले कुनै मुठ्ठीभरका नेताहरूले राजतन्त्रको गफ दिँदैमा राजा नफर्किने दाबी गरे।

प्रधानमन्त्रीले जेठ १५ गते काठमाडौं कब्जा गर्नुपर्छ भन्ने अभिव्यक्तिबारे सोधिएको प्रश्नमा थापाले भने, ‘हेर्नुस् न यहाँ कब्जाजस्तै देख्नुभएन। उहाँले सैनिक कब्जा भन्नुभएको होइन नि। राजनीतिक रूपमा एमालेका नेता कार्यकर्ता सडकमा आएर सडक भरिभराउ गर्ने र राजावादी भन्नेहरू देखा नपरुन् भन्नुभएको हो। उहाँले त्यस्तो आह्वान गर्न सक्नुहुन्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *