पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीभित्र पनि आँट, हिम्मत र दृष्टिकोण नभएकाहरू पनि हुने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको सिकार हुने बताए। उनले भने, ‘तत्कालीन एमालेभित्र देखिएको विचार प्रवृत्तिहरू विरुद्ध हामी दृढताका साथ जुट्यौँ। त्यसैले जहिले पनि चुनौती आइरहेका हुन्छ, र अवसर पनि आइरहेका हुन्छन्।’

उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार भइरहेको बताए। भ्रष्टाचारविरुद्ध सरकारले कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने बताए। उनले भने, ‘हामीले कम्युनिस्ट पार्टीप्रति आम जनतामा विश्वास दिलाउने काम गरौँ। गलत प्रवृत्तिका विरुद्धमा जुध्ने काम गरौँ। राम्रो संस्कृति र संस्कार अवलम्बन गरौँ। गणतन्त्रको विकल्प राजतन्त्र होइन, बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊ भन्ने कुरा आउँला। त्यसैले हामीलाई वंशको शासन चालिएको छैन।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए। उनले भने, ‘प्रतिस्पर्धाबाट जनताको मन जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन र हुन पनि दिँदैनौँ। हिजो पनि गणतन्त्रको लागि अग्रगामी भूमिका खेलेको थियौँ। हामीले अन्तिम समयसम्म दृढताका साथ उभिएर आम जनताको चाहना बमोजिम परिवर्तन ल्याएका हौँ।’

Comments

2 responses to “पूर्वराजा ज्ञानेन्द्रलाई माधवको चुनौती- आँट भए चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउनुस् (भिडिओ)”

  1. Mania Thompson Avatar
    Mania Thompson

    तेरो बाउको टौको जाँठा चोर, भतुव, धोतिको दलाल, तैँले तेरो छोरिलाई कसरी के गरेर देशको के बेचेर भारतमा के पढ्न पठाएको थाहा नभा हो र, नेपाली भेषमा तँ लेन्डुपे होस। राजाले चुनाव लड्छ?तँलाई त्यत्ती त थाहा रहेनछ।

  2. गणतन्त्रवादी Avatar
    गणतन्त्रवादी

    हारेर प्रधानमन्त्री बन्नेको ठुला कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *