झाँकीसहित सुरू भयो एमालेको र्‍याली (तस्बिरहरू)

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ ।

बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् । प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ ।

भृकुटीमण्डपबाट र्‍याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ ।

Comments

2 responses to “झाँकीसहित सुरू भयो एमालेको र्‍याली (तस्बिरहरू)”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    आज अर्थात जेठ १५ गते अर्थात ‘गणतन्त्र दिवस’ अर्थात वास्तविक रूपमा रैतीबाट नागरिक बनेको दिन। तैपनि लोकतान्त्रिक गणतन्त्र मन नपरेर केही मान्छेहरू हामी नागरिक हुन्नौं, रैती नै बन्न चाहन्छौं, आज नै राजतन्त्र फर्काउँछौं भन्दै आन्दोलनमा लागेका छन्। जबकि आजको चेतनाले दासता होइन स्वतन्त्रता, जन्मदै श्रेष्ठता र शासक होइन जनमतबाट नियमित अनुमोदित हुने शासन व्यवस्था र नेतृत्व खोजेको छ। लोकतान्त्रिक गणतन्त्र जिन्दावाद!

  2. Rajendra Avatar
    Rajendra

    संसारकाे उत्कृष्ट राजनैतिक व्यबस्था भित्र पर्ने गणतान्त्रिक शासन व्यबस्था, जसबाट जनता स्वयंले स्वयं माथि शासन गरेकाे हुन्छ । नेपालमा राजतन्त्र अन्त्य भई सके पछिकाे बिगतलाई काेट्याएर हेर्ने हाे भने आर्थिक
    र सामाजिक क्षेत्रमा व्यापक परिवर्तनहरु देख्न सकिन्छ । देश बिकाशसिल देशमा रुपान्तरण भएकाे छ । शासन संचालन भित्र केही शासकिय कमजाेरीहरु छन तिनलाई समयमा संबाेधन गर्न नसक्नुले र ती कामजाेरी शासकिय बागडाेर सम्हाल्ने ले नै सत्ता भित्र हुँदा वास्ता नगर्नु, सत्ता बाहिर हुँदा आफ्नाे गणतान्त्रिक साेच भन्दा बाहिर गएर जनमानस मै भ्रम फैलाउने गरि वकतव्य बाजि गर्नुले जनतामा निराशा, हतासा र भ्रमित तुल्याउने काम भएकाे छ । मैले राम्राे कामलाई राम्राे गर्याै है भन्दा राम्राे काम गर्ने कै पक्षमा जनमत बढ्ला भन्ने अंहकारीलाे साेच नेताहरुमा देखिएकाे छ । याे व्यबस्था आफैमा राम्राे र पुर्ण व्यबस्था हाे । रचनात्मक आलाेचना अनि सृजनशिल समालाेचना भन्दा गैर्हजिम्मेवार नेताशैलिले व्यबस्था प्रति बितृष्णा फैलाउने काम गणतान्त्रिक नेताहरुबाटै भईरहेकाे छ । जब सम्म नेताहरुले आफ्नाे साेच र शासकिय सैलिमा परिवर्तन ल्याउदैनन तब सम्म ब्यवस्थाकाे बिराेधमा आवाजहरु उठी रहन्छन । तसर्थ तत्काल गणतान्त्रिक नेताहरु एकै मन्चमा उभिई शासकिय स्वरुपमा कहाँ कहाँ के के परिवर्तन गर्न आबश्यक छ , तत्काल पहलकदमी लिनु नै सर्बाेत्तम देखिन्छ । गणतन्त्र दिवसकाे शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *