जनकपुरधाम । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको सम्बन्धी मुद्दामा नेपाली कांग्रेसका नेता अफताब आलमसँगै सफाइ पाएका उनका भाइ र अर्का एकजना पनि छुटेका छन् ।
रौतहटको गौर कारागारबाट अफताबका कान्छो भाई महताब आलम र अर्का एकजना शेख सराजुद्दिन छुटेका हुन् । केहिबेर अगाडी उनी दुबैजना कारागारबाट छुटेको रौतहट प्रहरीले पुष्टि गरेको छ।
अफताबका भाई महताब छुट्न लागेको थाहा पाएपछि कारागार अगाडी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु र समर्थकको भीड लागेको थियो । उनीहरुलाई महताब कारागारको दोस्रो तल्लाबाट हात हल्लाउदै धन्यवाद दिएका थिए ।
महताब कारागारबाट बाहिर निस्केपछि कांग्रेसका नेता कार्यकर्ता र समर्थकहरु फूलमालाले स्वागत गर्दै समर्थनमा नाराबाजी गरेका छन् ।

Leave a Reply