जेलबाट निस्किए कांग्रेस नेता आलम

काठमाडाैं । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम जेलमुक्त भएका छन् । उच्च अदालत वीरगञ्जले बुधबार सफाई पाएपछि उनी नख्खु कारागारबाट निस्किएका हुन् ।

बम बिस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका उनलाई उच्च अदालत वीरगञ्जले आदेश उल्ट्याइदिएपछि उनी रिहा भएका हुन् ।

नख्खु कारागारबाट छुटेका उनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *