काठमाडौं । बम बिस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम उच्च अदालत वीरगञ्जले आदेश उल्ट्याइदिएपछि रिहा हुन लागेका छन् । आलमलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरु फूलमाला लिएर नख्खु जेल पुगेका छन् ।
बुधबार उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।
उनी रिहा हुने भएपछि कारागार अगाडि कांग्रेसका नेता कार्यकर्ताहरुको ठूलो भीड लागेको छ।

Leave a Reply