रवि लामिछाने सहकारी ठग मात्रै होइन, रास्वपा नै ठगको संरक्षक हो : महेश बस्नेत (भिडिओ)

पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पार्टी नै ठगको संरक्षक भएको आरोप लगाएका छन् ।

पोखरामा राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका बस्नेतले सभापति रवि लामिछाने सहकारी ठग मात्र नभई पार्टी नै ठगको संरक्षक भएको आरोप लगाएका हुन् ।

‘रवि लामिछाने सहकारीको ठगमात्रै होइन की पार्टी नै ठगको संरक्षक हो,’ उनले भने । नेता बस्नेतले रास्वपामा अन्तर्राष्ट्रिय शक्तिको तागतमा हिड्ने पार्टी भएको समेत दाबी गरे ।

उनी भन्छन्, ‘मोहन थापा अमेरिकामा बसेर सबै सेटिङ गर्छन् भनेर मुकुल ढकाल भन्नुहुन्छ । अनि मोहन थापालाई गिरफ्तार गरेको छ । मोहन थापा जस्तो दुधले नुहाएको कोही छैन भन्नुहुन्छ । त्यही भएर ठगहरुलाई संरक्षण गर्न जन्मिएको अन्तर्राष्ट्रिय शक्तिको तागतमा हिड्ने पार्टी हो भनेर असंख्य हजार तर्क गर्न सकिन्छ ।’

एमालेले सम्बन्धित नेतालाई अनुसन्धानको दायरा र न्यायिक प्रक्रियामा लानु हुँदैन भएर कहिँ नबोलेको बस्नेतले बताए ।

Comments

3 responses to “रवि लामिछाने सहकारी ठग मात्रै होइन, रास्वपा नै ठगको संरक्षक हो : महेश बस्नेत (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    एमाले त यो बलात्कारीको संरक्षक हो , मार्क्सबादी लुटेराको संरक्षक हो। एमालेका कार्यकर्ता सहकारीका संचालक हुन् र जनताको पैसा यिनले पनि ठगेका हुन्।

  2. Ra Avatar
    Ra

    Yo rapest thukka

  3. samir Avatar
    samir

    बलात्कार गर्दै हिड्ने यो खाते महेशलाई सबै नेपालीले बहिष्कार गरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *