दुबई जान लागेकाको फसेको पैसा उठाइदिने भन्दै सीआईबीको नक्कली इन्स्पेक्टर र असई बनेर रकम ठग्ने पक्राउ

काठमाडौं । दुबई जान लागेकाको फसेको पैसा उठादिने भन्दै सीआइडीको नक्कली प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) बनेर रकम ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले यस्तो कार्यमा संलग्न रामकुमार सापकोटा र अव्जन चदारालाई पक्राउ गरेको हो ।

उनीहरु दुबै जनालाई मंगलबार काठमाडौंको कीर्तिपुर १० ट्याङ्लाफाँटबाट पक्राउ गरी थप अनुसन्धान एंव आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए ।

वैदेशिक रोजगारको लागि दुबई जान भनेर तीस लाख रकम ठगीमा परेका व्यक्तिको पैसा उठाई दिन्छु भनि पीडितसंग पटक पटक गरी चार लाख ५० हजार नगद तथा ग्लोबल आइएमई बैंकको दुइ लाख ५० हजारको चेक काट्न लगाई ठगी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

उनीहरुबाट गंगा पाण्डेको नाममा काटिएको बिभिन्न बैंकको ३ थान चेक, रामकुमार सापकोटाको नाममा काटिएको ग्लोबल आइएमई बैंकको दुइ लाख ५० हजारको एउटा चेक, ईशा थापाको नाममा काटिएको प्रभु बैंकको एक लाख तीन हजारको चेक, सरिता लामिछानेको सानिमा बैंक लिमिटेडको ओव्जन चदाराको नाममा काटिएको ३० हजारको चेक र गणेश प्रजाको नाममा काटिएको जय श्री ट्रेडर्स एण्ड सप्लायर्स प्रालिको नामको सिटिजन्स बैंकको २५ हजारको चेक भेटिएको छ भने अन्य व्यक्तिविच भएको करारनामा कागज २ पेज पनि भेटिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *