काठमाडौं । राष्ट्रिय युवा परिषदको आयोजनामा चार दिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम सुरु भएको छ । संयुक्त राष्ट्रसंघको अभ्यास मार्फत् युवाको नेतृत्व विकास गर्ने उदेश्यले कार्यक्रम बुधबारदेखि सुरु भएको हो ।
नवदित् युवालाई राष्ट्रसंघीय अभ्यास, दिगो विकास लक्ष्य, कुटनीतिक आयाम, साझा अन्तर्राष्ट्रिय सवाल, जलवायू परिवर्तन, मानव अधिकार, सुरक्षा परिषद लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
नमुना राष्ट्रसंघको महासचिव चुनिएका दिवससिंह खड्काले चार दिने अभ्यासमा राष्ट्रसंघ अन्तर्गतको महिला समिति, सुरक्षा परिषद्, खाद्य तथा कृषि संगठन, संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग र अन्तर्राष्ट्रिय प्रेस समेत गरी पांचवटा समितिमा अलग-अलग बहस तथा छलफल गरिने बताए । नमुना अभ्यासको महानिर्देशकमा अनुराधा थापा चयन भएकी छन् ।
बुधबारदेखि शनिबारसम्म चल्ने अभ्यास कार्यक्रममा खुला अनलाइन आवेदनका आधारमा देशभरका ७५ जिल्लाबाट छनौट भएका १६–२४ उमेरका १०० जना युवा सहभागि रहेको सह आयोजक ग्लोवल हेल्प फाउण्डेसनका अध्यक्ष सञ्जिव भट्टराईले जानकारी दिए ।
वुधवार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संयुक्त राष्ट्रसंघको नेपाल स्थित आवासीय कार्यालयको तर्फवाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि क्योको योकोसुका सहभागि थिए ।

Leave a Reply