काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सव जनताको एउटा खुशी र गौरवको दिन हो भन्ने जानकारी दिन मनाउन थालिएको बताएका छन्।
पार्टी मुख्यालय च्यायासलमा प्रेस चौतारी नेपालले गणतन्त्र उत्सवको तयारीका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्रलाई उत्सवको रूपमा हुँदैछ भन्ने थालनी आफूहरूले भोलिको गणतन्त्र उत्सव कार्यक्रमबाट सन्देश दिन खोजेको बताए।
उनले भने, ‘संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौँ। त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रूपमा हाम्रो पार्टीले महसुस गर्यौँ र त्यसै अनुरूप हाम्रो पार्टीले जेठ १५ गतलाई गणतन्त्र उत्सवमा मनाउने निर्णय गरौँ र तयारीमा जुटेका छौँ ।’
उनले सांस्कृतिक झाकी सहित उत्सवको रूपमा दिवस मनाइने बताए ।
उनले थपे,’हाम्रो देश भाषिक जातीय र सांस्कृतिकयुक्त देश भएको नाताले जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाई जनउत्सवको रूपमा मनाउने भएकोले त्यो विविधतालाई भोलि आयोजना हुने कार्यक्रमका माध्यमबाट प्रकट गर्न चाहन्छौँ। हाम्रो कार्यक्रममा विभिन्न जातजातिका समुदाय, विशेष सांस्कृतिक भेषभुषा, बाजागाजा सांस्कृतिक झाकी सहित हुने छ । यसले एउटा विशिष्ट छाप छाडने छ ।’
मुलुकको सबै ध्यान राजनीतिक व्यवस्था पुगिसकेकोले अबको आफूहरूको ध्यान विकास र समृद्धको दिशातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। राजनीतिक दलबीच सहमति भयो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजाने उपयुक्त हुने बताए।
उनले थपे, ‘जुन दिनले हामीलाई सार्वभौमसत्ता सम्पन्न बनायो । जनअधिकारलाई स्थापित गर्ने काम गर्ने गर्यौ । त्यो दिनलाई कमजोर बनाउने काम भइरहेको छ। त्यो जनताका लागि स्वीकार्य छैन भन्ने खालको सन्देश जनताको खुसीयालीको माध्यमबाट प्रकट गर्नुपर्दछ भन्ने । कसैको विरोध होइन जनताको उपलब्धिको खुसीयाली साटासाट गर्ने समारोहका रूपमा आयोजना गर्न थालेका हौँ।’
उनले एमाले मात्र होइन सबै राजनीतिक दलका प्रतिनिधि जेठ १५ गतेको गणतन्त्र उत्सवको दिनको समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रूपमा मनाउन हातेमालो गर्न आग्रह गरे।

Leave a Reply