काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूलाई जोडेर भइरहेको प्रचार असत्य भएको दाबी गरे । उनले भने, ‘यो असत्य र बेठिक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन । मलाई मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ ।’
उनले अध्यागमन कार्यालयमा सरुवा भएर गएको तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको दाबी गरे ।
उनले भने, ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो । उहाँलाई त्यहाँ सरुवा गरिएको हो । उहाँले यसअघि मन्त्रालयका महत्त्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो । जो म भन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो ।’

Leave a Reply