सदनमा बोल्न नदिए गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गर्ने

काठमाडौं । सदनमा राजीनामा माग्दै विपक्षी दलले बोल्न नदिएपछि गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् । भिजिट भिसा प्रकरणमा विपक्षी दलले राजीनामा माग्दै निरन्तर सदन अवरोध गरिरहेका बेला लेखकले प्रेस मिटको तयारी गरेका हुन् ।

सत्तापक्षले गृहमन्त्रीलाई जवाफका लागि सदनमा उभ्याउने प्रयासमा विपक्षीले अवरोध गरे । आज बिहान देउवा र प्रम ओलीको बालुवाटार बैठकले पनि राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।

आधा घण्टालाई स्थगित सदन अझै खुलेको छैन । आज सदन सुचारु नभए खुलाउने सहमति नभए लगत्तै पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *