प्रचण्डलाई ओलीको फोन- के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोलेर सहयोग गर्न आग्रह गरेका हुन् ।

तर, प्रचण्डले आफूहरू (विपक्षी दल) अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको सांसद माधव सापकोटाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *