काठमाडौं । बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निचोड निकालेको छ ।
सँगै आजको सदनमा गृहमन्त्री रमेश लेखकले सदन र वाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने बैठकमा सहभागी एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए ।
बर्तौलाले नेपाल प्रेससँग भने, ‘हिजो प्रतिपक्षले बैठक स्थगित गरौं भन्ने आग्रह गरेको हो । आजसम्मको समय मागेको हो, उहाँहरूले मान्नु भएन भने पनि गृहमन्त्रीले सदनमा बोल्नुहुन्छ ।
भिजिट भिसा प्रकरणमा भएका कुरा के हो भन्ने गृहमन्त्रीले सदनबाट जवाफ दिने सरकारको तयारी छ । त्यहीअनुसार सभामुखलाई समय व्यवस्थापनका लागि आग्रह गरिनेछ ।

Leave a Reply