प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा र लेखक

काठमाडौं । गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् ।

भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् ।

हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।

भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ । आज ११ बजेका लागि बैठक बोलाइएको छ ।

Comments

One response to “प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा र लेखक”

  1. bharat kumar thapa Avatar

    यसमा मन्त्री मन्डल पुनरगटन गरेर निकास निकाल्दा हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *