काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणबारे जे पनि हुनसक्ने बताएका छन्। भीमसेन थापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गएको चुनावी गठबन्धनको स्मरण गरे।
उनले भने, ‘गोरखामा चुनाव लड्दैगर्दा प्रदेश र संघमा कांग्रेस र हामी मिलेर चुनाव लडेका हौं। देशैभरी पनि समीकरण गरेर नै चुनाव लडिएकै हो। तर गोरखामा जस्तो सौहार्दता अन्यतिर थिएन। सुरेन्द्रजी गण्डकीको मुख्यमन्त्री म प्रधानमन्त्री बन्ने भन्ने पहिल्यै कुरा थियो। भयो पनि त्यस्तै, जनताले हाम्रो प्रतिबद्धता र अपिललाई स्वीकार गरे। तर केन्द्रीय राजनीतिका उतारचढावबले समीकरण जस्तो थियो त्यस्तै त बस्न सकेन। तर पनि फेरि के हुन्छरु राजनीति हो कतिबेला कहाँ ढल्किने हो भन्न त सकिँदैन।’
उनले कांग्रेस र माओवादी हिजो लडाइँमा एकअर्कामा संघर्षरत रहेको स्मरण गरे।

Leave a Reply