ओली सरकारको गलत काम जनतामा लान सके कांग्रेसको भविष्य उज्ज्वल हुन्छ : शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता कार्यकर्ताहरूले गलतलाई गलत भन्न सिक्नुपर्ने बताएका छन् । नेपाल नाई संघको ३५औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कसैले कुनै कुरा गलत भनेको छ भने त्यो सधैँ गलत नै हुने बताए ।

उनले भने, ‘कति बोलेको भन्छन्, गाह्रो स्थिति छ, बोलेन भने किन बोलेन भन्छन्, बोल्यो भने किन बोलेको भनेर आइरहेको छ । तर, हामीहरूले गलत काम गर्न हुँदैन । हामी बीपी कोइरालाका चेलाहरू भयौँ । हामीले समाजमा गलत प्रचार हुने काम गर्न हुँदैन । जसले कांग्रेसलाई कमजोर बनाओस्, त्यस्ता काम हामीहरूले नगरौँ ।’

उनले राजनीति गर्नेहरूले नैतिकता र संस्कारमा अडेर बस्नुपर्ने बताए । उनले कांग्रेस अहिले सरकारमा भएपनि सत्तामा नभएको दोहोर्‍याए ।

उनले थपे, ‘सत्तामा एमाले छ । सरकार बस्ने मन्त्रीहरू र हाम्रो सभापति सहकार्य गरेर अगाडि बढ्नुहोस् । हामी बाहिर भएकाहरूले गलत काम भइरहेको छ भने त्यसलाई जनतामा लान जरुरी छ । हामी सरकारमा छौँ भनेर चुप लागेर बस्न मिल्दैन । हाम्रो भोलिको प्रतिस्पर्धी एमाले नै हुन्छ ।’

उनले एमाले नेतृत्वको सरकारले गरेको गलत कामलाई गलत भन्ने सके कांग्रेसको भविष्य उज्ज्वल रहेको जिकिर गरे ।

शेखरले भने, ‘प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर भनेर पार्टीमा भन्नुभयो। यो भन्दा गलत र निरङ्कुश कुरा केही पनि हुँदैन ।’

Comments

One response to “ओली सरकारको गलत काम जनतामा लान सके कांग्रेसको भविष्य उज्ज्वल हुन्छ : शेखर”

  1. ksp pyl Avatar
    ksp pyl

    आफूले राम्रो गरेर भन्दा पनि अरूले नराम्रो गरेमा जनतामा पपुलर भईन्छ भन्ने घटिया सोच भएको काँग्रेसी रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *