दाङ । जेठ ५ गते बिहान २ घोराहीको पौवा होटेलमा मदिरा सेवन गरी मदन गिरीको हत्या प्रयास गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार घटनामा संलग्न पौवा होटेलकै संचालक नविन श्रेष्ठ ५ गते नै पक्राउ परेका थिए भने डाक्टर गिरबहादुर महरा पनि पक्राउ परेका छन् । सानो हात्ती भनेर चिनिने युवा संघ लुम्बिनीका सदस्य उत्तम घर्तीले ८ गते प्रहरी समक्ष आत्मसमर्पण गरेको शाहले बताए ।
सानो हात्ती एमाले निकट युवा संघको लुम्बिनी प्रदेश कमिटि सदस्य एवं घोराही उपमहानगर इन्चार्ज हुन्। प्रहरी समक्ष आत्मसमर्पण गर्नुअघि सानो हात्तीले ३ जना डिएसपी र एकजना डाक्टरले बोलाएर आफू होटेलमा गएको र सँगै बसेको साथीलाई सिसा प्रहार भएपछि आफूले प्रतिकार गरेको आफ्नो फेसवुकमा लेखेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई ज्यानमार्ने उद्योगमा मुद्दा चलाएर अनुसन्धान थालिएको छ । तर,उनले घटनास्थलमा बोलाएको उल्लेख गरिएका डिएसपीको नाम भने खुलाएका छैनन् ।
(गिरवहादुर केसी एउटै नाम मिल्न गएकाले यसअघि अखिल क्रान्तिकारीका नेता भन्ने पर्न गएकोमा सच्याइएको छ)

Leave a Reply