काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद चयन भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउदलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
कम्पनी सचिव सुलना श्रेष्ठका अनुसार कम्पनीको अध्यक्षमा साउद सर्वसम्मतिबाट चयन भएका हुन् । यसअघि उनी कम्पनीमा संस्थापक शेयरधनी समूहबाट सञ्चालक थिए ।

Leave a Reply