काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन पहल थालेका छन् । अहिले प्रमुख दलका सचेतकहरूसँग छलफल भइरहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले सदन अवरोध गरेका छन् । रास्वपाले गृहमन्त्री लेखकमाथि छानबिन आयोगको माग गरेको छ ।
कांग्रेसले भने लेखकलाई बोल्न समय दिन माग गरेको छ । बिहान ११ बजेको बैठक आधा घण्टालाई स्थगित गरिएकोमा पुन: साढे २ बजेलाई सारिए पनि अहिलेसम्म बस्ने/नबस्ने निश्चित छैन ।

Leave a Reply