ज्ञानेन्द्रसहितको राष्ट्रिय सहमतिमा हृदयन्द्रलाई राजा बनाउन सकिन्छ : कमल थापा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले यदि राष्ट्रिय सहमति भएमा पूर्वराजा ज्ञानेन्द्र शाहकै समर्थनमा हृदयन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।

काठमाडौंमा जेठ १५ गतेको प्रदर्शनका बारेमा सम्पादकहरुसँगको छलफलमा उनले यस्तो बताए ।

‘सबैको राष्ट्रिय सहमति हुन्छ भने मलाई लाग्छ राजा ज्ञानेन्द्र पनि सहमतिमा आउनुपर्छ । त्यो त आफ्नो ठाउँमा छ । अहिले हामी पात्रको कुरा गरेको छैनौं’, उनले भने ।

त्यस्तै, उनले राजसंस्था भनेको आफैंमा एउटा विचार भएको बताए ।

‘राजसंस्था भनेको कुनै व्यक्ति होइन । हामीले अवलम्बन गरेको राजसंस्था भनेको आफैंमा विचार हो’, उनले भने, ‘राजसंस्थालाई स्वीकार गरिसकेपछि विभिन्न मूल्य मान्यता छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *