साढे २ बजेलाई सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं । विपक्षीको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे २ बजेलाई सारिएको छ । यसअघि आधा घण्टाका लागि स्थगित बैठक निर्धारित समयमा बस्न नसक्ने विशेष कारण देखाउँदै साढे २ बजेलाई सारिएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेका छन् ।

रास्वपाले गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ । मन्त्रीको राजीनामालाई बटम लाइन बनाएको रास्वपाले राजीनामा नआएसम्म सदन चल्न नदिने घोषणा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *