बाजुरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

कैलाली। बाजुरामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

जिल्लाको जगन्नाथ गाउँपालिका-३ मा नेपाल टेलिकमको टेलिकमको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जनकारी दिए ।

उनका अनुसार दुर्घटना थप दुई जना घाइते भएका छन् ।

बिहान ९:३० को समयमा जीव दुर्घटना भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण, घटनास्थलमा मृत्यु हुने र घाइते हुनेको सनाखत सहितको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख हवारीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *