विपक्षी दललाई कांग्रेसको आग्रह- हाम्रो पनि कुरा सुन्नुपर्छ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले विपक्षी दलहरूले आफ्नो कुरा सुन्नुपर्ने बताएको छ । प्रतिनिधिसभाको बैठकमा माओवादीबाट वर्षमान पुन र रास्वपाबाट शिशिर खनालले बोलेपछि आफूहरूले पनि बोल्न पाउनुपर्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

विपक्षी दलका दुई सांसदले बोलेपछि सभामुखले घिमिरेलाई बोल्न दिएका थिए ।

घिमिरेले भने, ‘उहाँहरूले संसदमा जे कुरा उठाउनुभएको छ, त्यो हामीले गम्भीरतापूर्वक सुन्यौँ । त्यसैले उहाँहरूले हाम्रो कुरा पनि सुन्नुपर्ने दायित्व हुन्छ ।’

विपक्षीको होहल्लापछि सभामुखले घिमिरेलाई बोल्न रोके । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने घोषणा गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *