गृहमन्त्रीलाई विपक्षी दलको आग्रह- नैतिकताको आधारमा राजीनामा दिनुस् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसाको नाममा विमानस्थलमा असुली राजनीतिक संरक्षणबिना सम्भव नहुने दाबी गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए।

उनले अख्तियारले मुख्य आरोपित भनेको तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएको बताए। उनले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *