बझाङ नेकपा एसको अध्यक्षमा धामी, सम्पूर्ण पदाधिकारी र सदस्य सर्वसम्मत

बझाङ । नेकपा (एकीकृत समाजवादी) बझाङको अध्यक्षमा अक्कल धामी निर्विरोध निर्वाचित भएका छन्।

छविसपाथिभेरा गाउँपालिका निवासी धामी एमाले विभाजनको समयमा एकीकृत समाजवादी गठनको अग्रपंक्तिमा रहेका थिए। यसअघि उनी प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय थिए।

अधिवेशनले अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको छ । उपाध्यक्षमा गणेश बोहरा र भक्त भण्डारी, सचिवमा लक्ष्मीराज जोशी, र उपसचिवमा जोग कठायत, राधिका चित्रकार तथा हरिश खड्का चयन भएका छन्।

६५ सदस्यीय जिल्ला कमिटी पनि अधिवेशनबाट सर्वसम्मत चयन भएको पार्टीले जनाएको छ।

पार्टी उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी र महासचिव घनश्याम भुसालले ११ गते अधिवेशनको उद्घाटन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *