काठमाडौं । सगरमाथा आरोहण गर्ने विश्वका विभिन्न देशका १७० बढी आरोहीहरू काठमाडौंमा भेला भएका छन्। सोल्टी होटलमा आयोजना गरिएको कार्यक्रमलाई ‘समिटर्स समिट’ नाम दिइएको छ ।
आयोजक ‘एभेरेस्ट अलायन्स नेपाल’का अनुसार यो ऐतिहासिक भेला हो । समिटर्स समिटमा लाइफ टाइम अवार्ड कान्छा शेर्पालाई दिएर सम्मान गरियो ।
कान्छा सन १९५३ को प्रथम सफल सगरमाथा आरोहण दलका एक्ला जीवित अनुहार हुन । ९० कटेका कान्छा तेन्जिङ नोर्गे र एडमण्ड हिलरीसँगै आठ हजार मिटरसम्म भारी बोकेर पुगेका थिए ।
शारीरिक रूपमा कमजोर कान्छा कार्यक्रममा भौतिक रूपमा भने आएनन् । कान्छाले तेन्जिङ छोयाल शेर्पालाई प्रतिनिधि बनाएर पठाएका थिए । कार्यक्रममा कान्छा शेर्पाको भिडिओ पनि प्रदर्शन गरिएको थियो।


Leave a Reply