लुम्बिनीमा प्रि-बजेट छलफल सुरु हुँदै

रुपन्देही । लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको दशौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि–बजेट छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सो छलफल अन्तर्गत प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारहरूबारे विचार विमर्श गरिनेछ ।

यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रदेश सभाका सदस्यहरूले आजबाट उक्त प्रस्तावमाथि आ–आफ्ना सुझाव र धारणा राख्ने अवसर पाउनेछन् ।

प्रदेश सरकारले आगामी बजेटमा सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि र पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्यमा लगानी, जलवायु परिवर्तनको सामना तथा समावेशी विकास जस्ता विषयलाई प्राथमिकता दिने तयारी गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *