प्रशासकीय अधिकृतलाई राजु पाण्डेको स्पष्टीकरण- मेयरको आदेश पालन गरेको हुँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरणको जवाफ दिएका छन् । आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको सम्वन्धमा गुरागाईंले गत साता उनलाई स्पष्टीकरण सोधेका थिए ।

आफ्नो जवाफमा पाण्डेले मेयर बालेन शाहको आदेशमा चलेको बताएका छन् । उनको जवाफलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेयर सा’बको आदेशमा मैले आफ्नो कर्तव्यपालन गरेको हुँ ।’

प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक गरेको विषयमा पनि उनलाई सोधिएको थियो । पाण्डेले गाडीको सुरक्षाका खातिर ह्वील लक गरेको दाबी गरेका छन् ।

प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेको स्पष्टीकरण आएको, तर आफूले राम्ररी हेर्न नपाएको बताए ।

‘उहाँले जवाफ बुझाउनुभएको छ । मैले अध्ययन गरिसकेको छैन । भोलि राम्रोसँग हेरेर आवश्यक निर्णय लिनेछु’, उनले नेपाल प्रेससँग भने ।

Comments

One response to “प्रशासकीय अधिकृतलाई राजु पाण्डेको स्पष्टीकरण- मेयरको आदेश पालन गरेको हुँ”

  1. Jitesh Avatar
    Jitesh

    मेयरको आदेश पालना गरेको होइन कि आफुले आफैलाई मेयर सम्झेर गरेको उपर्दो हो। यसलाई कडा भन्दा कडा कार्वाही होस जसले आफ्नो पदिय आचरण/दायित्व निर्बाह गर्न सकेन। र यो जन्तुले आउने दिनहरूमा पनि गर्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *