काठमाडौं । गत चैत १५ मा तिनकुनेमा भएको राजाबादीको प्रदर्शनमा ९ करोड भन्दा बढी धनमालको क्षति भएको भन्दै अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको जाहेरीमा जिल्ला सरकारी वकीलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा आइतबार दायर गरेको मुद्दामा ९ करोड ३३ लाख ४६ हजार ३९२ रुपैयाँ बराबरको क्षति भएको मागदाबी सहित मुद्दा दायर भएको हो ।
तिनकुनेमा भएको राजाबादीको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सहित ५० जनालाई प्रतिवादी बनाइएको विभिन्न ५ वटा मुद्दामा प्रदर्शनबाट भवन तथा सवारी साधन लगायतमा गरेर उक्त क्षति भएको भन्दै माग दाबी गरिएको छ ।
जसमध्ये सबैभन्दा बढी पत्रकार सुरेश रजकलाई जलाइएको नयनबहादुर पण्डितको साढे ४ तले पक्की घरमा क्षति भएको छ ।
उक्त घरमा रबिन्द्र ओझाले तेस्रो र चौथो तला भाडामा लिएर साइन्टेक नेपाल प्रालीको ३ करोड ७ लाख ९५ हजार बराबरको क्षति भएको माग दाबी गरिएको छ ।
कसको कति क्षति भएको माग दाबी गरिएको छ ?
प्रोगेशिभ फाइनाइन्स लिमिटेडको ३ लाख ७६ हजार १५० रुपैयाँ
सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले प्रयोग गर्दै आएको चार पाङग्रे सवारी २२ लाख ८१ हजार २९६ रुपैयाँ ७१ पैसा
राष्ट्रिय सूचना आयोगका उपसचिव देवेन्द्र कार्की चढेको गाडीको क्षति १ लाख ५० हजार
डाबर नेपाल प्रालीको भवनमा १३ लाख ४ हजार रुपैयाँ
बस्याल एण्ड एसोसिएट्सको कार्यालयमा ८ लाख ७० हजार रुपैयाँ
स्वास्थ्य मन्त्रालय बागमती प्रदेश सरकारको चार पाङग्रे गाडी ७६ लाख ९ हजार ३७१ रुपैयाँ ४० पैसा
राष्ट्रिय महिला आयोगका सचिवले प्रयोग गर्ने चार पाङग्रे गाडी ४७ लाख ७५ हजार रुपैयाँ
मण्डला व्याङ्क्वेटमा तोडफोबाट १ लाख ५० हजार रुपैयाँ
रोयल राउन्ज ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टमा ६५ लाख ७० हजार रुपैयाँ
सुवाल ल एशोसिएट्स तथा सेन्टर फरक इन्टीलेक्छ्युअल प्रपली नेपाल प्रालीको कार्यालयमा २५ लाख रुपैयाँ
मुकिल बुक्स एण्ड स्टेशनरी, एभरग्रिन कुरीयर, सुवास ल एसोसिएट्स र पिबिएस एण्ड कम्पनीको ७० लाख रुपैयाँ
काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभिको फिक्स क्यामेरामा क्षति १० लाख ७१ हजार १४ रुपैयाँ
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडको कार्यालयमा १ लाख ६० हजार ३४० रुपैयाँ
नयनबहादुर पण्डित क्षेत्रीको घरमा क्षति १८ लाख रुपैयाँ
रबिन्द्र ओझाको साइन्टेक नेपाल प्रालीको ३ करोड ७ लाख ९५ हजार रुपैयाँ
नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा ८४ लाख ८२ हजार ६२८ रुपैयाँ
कमलबहादुर तामाङ गाडीमा १ लाख ५४ हजार रुपैयाँ
डिजिटल टेक मास्टरी नेपाल प्रालीमा २३ लाख ५५ हजार ५०० रुपैयाँ
प्रेमकुमार लामाको गाडी १३ लाख ३० हजार रुपैयाँ
रमेशबहादुर थापाको मोटरसाइलक १ लाख ५० हजार रुपैयाँ
भाटभटेनी सुपरमार्केटमा ८० लाख ३३ हजार १९२ रुपैयाँ ५२ पैसा
हृदय पराजुलीको घरमा ५० हजार रुपैयाँ
अच्युत पराजुलीको घरमा ९ लाख ५० हजार रुपैयाँ
माया घलानको घरमा १ लाख ५० हजार रुपैयाँ
नेपाल विद्युत प्राधिकरण काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणली सुदृढीकरण आयोजना खरिपाटीमा ३६ लाख ३९ हजार रुपैयाँ
रमेशबहादुर थापाको मोटरसाइकलको १ लाख ५० हजार रुपैयाँ
कृषि विकास कार्यालय धुलिखेलको स्कुटरमा २ लाख ३९ हजार ९०० रुपैयाँ
बिनोद ढकालको घरमा २ लाख ५० हजार रुपैयाँ

Leave a Reply