पोखरा । राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । पोखरामा जारी १०औं महाधिवेशन निर्वाचन कमिटीले सार्वजनिक गरेको अन्तिम उम्मेदवार नामावलीअनुसार अध्यक्षमा थेवे र पुरी भिड्ने पक्का भएको हो ।
दुवै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । थेवे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान भोलि बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालका अध्यक्ष थेवेलाई अध्यक्ष बनाउन निर्देशन दिएपनि सुमनले अडान नछोडेपछी चुनाव हुन लागेको हो ।

Leave a Reply