महेन्द्ररायबारे गंगानारायण- माओवादीसँग एकता गर्न अप्ठ्यारा शर्त राख्नुभयो (भिडिओ)

काठमाडौं । नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पार्टीका दुई तिहाइ केन्द्रीय सदस्य साथ लिएर माओवादीसँग एकता घोषणा गरेको दाबी गरेका छन् ।

माओवादीसँग एकता घोषणा सभा कार्यक्रममा बोल्दै अध्यक्ष महेन्द्रराय यादवले अप्ठ्यारा शर्त भएकै कारण माओवादीसँगको एकता प्रक्रिया लम्बिँदै गएको जिकिर गरे ।

उनले भने, ‘मैले पछिल्लो समय गम्भीरतापूर्वक भनेँ । उहाँ आफैँले पार्टीको नाम महाधिवेशनपछि टुंगो लगाइनेछ भन्नेमा आफैँले हस्ताक्षर गर्नुभएको छ । त्यो हस्ताक्षरबाट पछि हटेर आजै र अहिले नै नाम परिवर्तन गर्नुपर्‍यो भन्ने अडान राख्दै गएपछि तयार भएका साथीहरूसँग एकता गर्ने समझदारी भयो । त्यो समझदारी अनुसार हामी यहाँ छौँ ।’

उनले नेसपाका दुई तिहाइ सदस्यहरूले अनुमोदन गरेर नै आएको जिकिर गर्दै पार्टी एकता नै भएको बताए । उनले चुनावअघि प्रचण्डसँग डा. बाबुराम भट्टराईले मिलेर जाने बाचा गरेको भएपनि आफ्नै अडानमा नटिकेको टिप्पणी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *