जेठा छोरालाई ६ वर्षको निष्कासन घोषणा गर्दै लालुले भने- पार्टी र परिवारमा उसको काम छैन

काठमाडौं । आधुनिक भारतको राजनीतिका लिजेण्ड मानिने विहारका नेता लालु यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ६ वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरेका छन् ।

विहारमा पति पत्नी गरेर १५ वर्षभन्दा बढी एकछत्र शासन गरेका राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवले जेठा छोरालाई निष्कासन गरेका हुन् । उनले सोसल मिडिया प्लेटफर्म एक्समा अब पार्टी र परिवारमा तेज प्रताप यदावको कुनै प्रकारको भूमिका नरहने जनाएका छन् ।

तेज प्रतापले गत साता आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै एक जना युवतीसँग आफ्नो १२ वर्ष लामो प्रेम सम्बन्धको विषय स्वीकार गरेका थिए । सोही कारण लालुले छोरालाई पार्टी र परिवारबाट बेदखल गरेका हुन् ।

यद्यपि तेज प्रतापले केही बेरमै सो फेसबुक पोस्ट हटाउँदै आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ह्याक भएको दाबी गरेका थिए । विहारमा यसै वर्ष विधान सभा चुनाव हुँदैछ । लालु यादवका कान्छा छोरा तेजस्वी यादव मुख्यमन्त्रीका दाबेदार छन् । यसअघि नब्बेको दशकमा लालु र त्यसपछि श्रीमती रावडी देवीले विहारमा शासन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *