अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप (भिडिओ)

काठमाडौं । महिन्द्राको युटिलिटि गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T सार्वजनिक गरेको छ ।

काठमाडौँ (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन, र विराटनगरको महिन्द्रा सोरुमहरूमा २०८२ जेठ ११ गते आइतबार, औपचारिक सार्वजनिकिकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक-अप सार्वजनिक गरिएको हो । नेपालको व्यावसायिक सवारीको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा रहेको यस समारोहमा अग्नि ग्रुपका विशेष अतिथिहरू, मिडिया प्रतिनिधि तथा ग्राहक वर्गको उत्साहजनक सहभागिता रह्यो ।

महिन्द्रा बोलेरो 1.7Tले उत्कृष्ट ड्युरेबिलिटि (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्व बजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ । नयाँ 1.7T भेरियन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटि गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै निर्माण गरिएको पिक-अप हो । महिन्द्रा बोलेरो पिक-अप 1.7Tले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीहरूलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।

६३ बिएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु-डिआइ-सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T, उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरूले भरिपूर्ण रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ । साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन-कुशलता (फ्युल-इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को-ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेका छन् ।

महिन्द्रा बोलेरो पिक-अप 1.7T, नेपाली ग्राहकहरूका लागि रू. २५,६५,००० (१५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरूको लागि नयाँ पिक-अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधाहरू उपलब्ध गराएको छ । यसअन्तर्गत ७०% सम्म फाइनान्सिङ (सर्तहरू लागू), १ दिनमै छिटो कर्जा निर्णय, ९.९९% को प्रतिस्पर्धात्मक ब्याजदर (२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि), शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक-अप खरिद गर्न सकिनेछ । वित्तीय सुविधामा स्वरोजगार (सेल्फ-इम्प्लोयड) नेपालीहरूलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T एक्सचेन्ज गर्न सक्नेछन् ।

महिन्द्रा बोलेरो पिकअप, व्यावसायिक सवारी अन्तर्गत नेपालकै बेस्ट-सेलिङ पिक-अप (नम्बर एक पिक-अप)को रूपमा स्थापित छ । वर्षौँदेखि नेपाली ग्राहकहरूको विश्वास जित्न सफल, अग्नि ग्रुपले, अधिक भार क्षमता, बलियो गुणस्तर, र लागतप्रभावी रहेको नयाँ 1.7T भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *