प्रधानमन्त्री ओलीले बोलेका सबै अभिव्यक्तिको जिम्मेवारी कांग्रेसले लिँदैन : प्रवक्ता महत (भिडिओ)

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीको सबै अभिव्यक्तिको कांग्रेसले जिम्मेवारी नलिने बताएका छन्।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संविधानको सीमाभित्र रहेर आफ्ना कुरा राख्न छुट रहेको बताए।

प्रधानमन्त्रीको एमालेका नेताहरूले काठमाडौं कब्जा गर्ने अभिव्यक्तिबारे उनले भने, ‘उहाँ एमालेको नेता पनि हुनुहुन्छ। उहाँले भनेको सबै कुरा जिम्मेवारी हामीले लिने कुरा हुँदैन। हामी कब्जाको पक्षमा छैनौँ। हामी समग्रमा संविधानको रक्षाको पक्षमा छौँ। संविधानको प्रयोग गरेर विरोध गर्न र आफ्ना कुरा राख्न पनि पाइन्छ। तर शान्तिपूर्ण तरिकाले।’

उनले संविधान संशोधन विषय सात बुँदे सहमति अनुसार नै सरकार बनेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *