काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको बैठकमा पार्टीका नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारीमा तीन नेताहरूलाई बोलाएर कुराकानी गर्न आग्रह गरेको नेता शशांक कोइरालाले बताए। यो प्रस्ताव राख्दा सभापति देउवाले हुन्छ हुन्न केही जवाफ नदिएको बताए।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको मागेकोबारे उनले भने, ‘हामी सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाउनुस्, सोध्नुहोस् के भएको हो? भन्ने यसको त समाधान निकाल्नुपर्यो नि। एक आपसमा मूडभेड गरेर कसको फाइदा हुन्छ पार्टीमा? त्यसैले उहाँलाई स्पष्टीकरण माग्नुस् भनेका हौँ।’
पछिल्लो समय शेखरसहित इतर पक्षका नेताहरूले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्दै आइरहेका छन्। भिजिट भिसा प्रकरणमा पनि उनीहरूले प्रश्न उठेपछि गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने बताएका थिए। तर, आज पार्टी पदाधिकारीको बैठक अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ।

Leave a Reply