साँढेको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

जनकपुरधाम । दुई साँढे जुधिरहेकै ठाउँमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-७ का अन्दाजी ५० वर्षीय सत्तार राइन छन् । स्कुटरबाट लडेर घाइते राइनको उपचारका लागि जानकी हेल्थ केयर लगेपछि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार राति करिब साढे ८ बजे राइन मधेश प्र.०२-००७ प ९२६६ नम्बरको स्कुटर चढेर घरतर्फ गइरहेका थिए । पेठियाबजारमा आपसमा दुई साँढे जुधिरहेका थिए ।

जनकपुरधाममा छाडा चौपायाको व्यवस्थापनामा चासो नदेखाएकाले जोखिम बढेकोमा स्थानीय सरकारको गुनासो हुँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *