राजावादीका गतिविधि जनविरोधी हुन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरू जनविरोधी भएका बताएका छन् ।

लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिसँग सिङ्गो पार्टी एक ढिक्का भएर जुध्नुपर्नेमा उनले जोड दिए ।

जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठकमा उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पंक्ति क्रियाशील हुनु पर्दछ ।’

गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उनको प्रष्टोक्ति छ ।

पार्टी सचिवालयको ५२ औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध सङ्गठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ ।

Comments

One response to “राजावादीका गतिविधि जनविरोधी हुन् : शंकर पोखरेल”

  1. Mania Thompson Avatar
    Mania Thompson

    लाँडो खा शन्करे चोर भतुवा,खड्गेको आची होस तँ माचिक्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *